Saturday, July 25, 2015

गराज खड्का

रुकुम
नेपाली लोक तथा दोहोरी गीत गायन क्षेत्रमा २०६५ सालमा प्रवेश गरेका यज्ञ ओली यतिबेला राष्ट्रिय स्तरमै सम्र्पुण लोक पारखी श्रोता र दर्शकका ढुकढुकी बन्दै छन । कारण के रैछन भन्ने गीतबाट आफ्नो यात्रा शुरु गरेका ओलीले अहिले तिन दर्जन बढी गीतमा लय,शब्द र स्वर दिईसकेका छन । लगनशिलता सगै सबैसंग मिलनसार पनि रहेका गायक ओली वनपाखा मेलापात, उकाली ओराली गर्दा होस् या नेपाली माटोमा नेपाली पहिचान बोकेको गीत नै नेपाली लोकगीत भन्न रुचाउछन । 
उनले यात्राको शुरुवात लोकदोहोरी गीत कारण के रैछन् भन्ने श्रोतामाँझ निकै चर्चित ठानियो र बजार पनि राम्रै लियो । सानै उमेर देखि गीत संगीत भन्ने बित्तिकै हुरुक्कै हुने ओली अहिले आफ्नो जीवनको मुख्य पाटो नै यहि क्षेत्र भएको बताउछन । यस क्षेत्रमा प्रबेश गरे संगै गायक ओलीले हालसम्म कारण के रैछन्, रुपकी रानी, कोहि छ बिहे गर्ने, अन्तै नाता गाँस्नुु पापिनी, तिम्रो लागि मर्ने मान्छेलाई, बचनैले पनि मन जल्दो रहेछ, मै झिल्के खाली हो र भर्खरै मात्र हाम्रो रुकुम राम्रो रुकुम तथा पर्यटन सम्बन्धी गीत संगै अन्य गीतहरुमा पनि शब्द, संकलन तथा स्वर दिएर तिन दर्जन बढि गीत बजारमा ल्याईसकेका छन् । 
त्यस्तै पहिलो समय आमा एल्वम पनि बजार आएको छ । बिदेशीनु पर्दाको बाध्यता समेटिएको उक्त एल्बम देश तथा बिदेशका रहेका लागि पनि लोकप्रिय बन्ने ठानिएको छ । त्यस्तै केहि एल्बमहरु बजारमा आउने तयारी अबस्थामा पनि रहेका छन । मृत्युलाई जितेर पनि बाच्न सक्छु भन्ने एल्बमको पनि प्राबिधिक तयारी भैरहेको छ । प्रायः जसो आफ्नै जिल्लामा रहेर पनि नेपाली लोक तथा दोहारी गीतको वास्तविक यथार्थतालाई चित्रण गर्न सक्ने गायक ओली आजभोली जिल्ला भित्र र जिल्ला बाहिरका मेला महोत्सबमा हुने साँगीतिक कार्यक्रममा निकै व्यस्त भएको बताउँछन् । 
‘केहि समय अघि नेपालका बिभिन्न जिल्ला तथा भारतको गुजरात प्रदेशको समेत सांस्कृतिक कार्यक्रमा गईयो’ उनले भने, ‘देश तथा बिदेशमा अझै थप श्रोता र दर्शकमा आफूलाई चिनाउने अवसर पाएकोमा सबै सहयोगी र आयोजकलाई धन्यबाद दिन्छु ।’ उनका अनुसार आफुले बजारमा ल्याएको पर्यटन सम्बधी गीतले रुकुम जिल्ला र राप्ती अञ्चलवासीको पृथक पहिचान झल्काएकोमा हामी सबैले गौरव गर्नुपर्ने बताए । आफ्नो साँगितिक यात्रा धेरै चुनौती, संघर्ष र लामो मेहनतले यहाँसम्म आएको बताउदै उनले आगामी दिनहरुमा पनि यसै क्षेत्रमा समर्पित भएर लाग्ने दाबी गरे ।

Monday, July 13, 2015

पर्यटन

Rukumkot

From Wikipedia, the free encyclopedia
Rukum District Map
Rukumkot (Nepali: रुकुमकोट) is a town located in a valley of the Rukum district in Nepal. Nearby is a pond called Rukmini Tal (local name: Kamal Dhaha (Nepali: कमलदह). Not far from it, there is an historic Shibalaya temple. Other temples include the Barah, Baraji, and Bhagwati temples.
Rukmini Taal (Pond) Rukumkot
The mickname of Rukum, "Baunna Pokhari Tripanna Takuri" (Place of 52 Lakes & 53 Hills), is derived from the name Rukumkot. It is believed that there are 52 ponds/lakes and 53 hills in Rukumkot.
Shibalaya, a temple to Shiva on the northern shore of Rukmini Taal, was built by Purna Kumari, the wife of a Prime Minister of the Rana Dynasty. It is said that this temple is the only monument made during the Rana reign in the mid-western part of Nepal.
There is a mysterious cave in the eastern part of Rukumkot, on the bank of the Rumgad (River), called Deurali Gufa (Cave). It can be visited only by walking for one hour from Rukumkot.
राष्ट्रिय दलित आयोग सूचना
काठमाडौमा रहेका रुकुमबासीहरुका लागी अत्यन्त जरुरी जानकारी___ काठमाडौमा बस्नु भएका रुकुमका विद्यार्थी तथा अन्य सर्वसाधरणहरु भुकुम्पबाट उत्पन समस्याबाट प्रभावित भै तत्काल घर फर्कनको लागी यातायातको असुविधाका कारण समस्यामा हुनुहुन्छ भने हामी तपाईहरुलाई रुकुम सम्म फर्कनको लागी सहज होस भनेर यातायताको सुविधा उपलब्ध गराउन तयार छौ ।